गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय स्याङ्जा

पुतलीबजार नगरपालिका -०१, स्याङ्जा

हाम्रो बारेमा


--

१.स्याङ्जा जिल्लाको संक्षिप्त परिचय :

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो ।संघिय संरचना अनुसार स्याङ्जा जिल्लाको स्थानीयतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरुलाई समेटेर ५ वटा नगरपालिकाहरु (पुतलिबजार,भिरकोट,वालिङ्ग,चापाकोट र गल्याङ्ग न.पा.) र ६ वटा गाउँपालिकाहरु(फेदीखोला,आँधीखोला,अर्जुनचौपारी,हरिनास,बिरुवा र कालीगण्डकी गा.पा.) मा विभाजन गरिएको छ ।

 

२.निकायको स्वरुप र प्रकृति :

नेपाल संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि संविधानत तीन तहको शासन व्यवस्थाको प्रावधान रहेको छ । गण्डकी प्रदेशका जिल्लाहरुमा संघ,प्रदेश र स्थानीय तहसंग समन्वय गर्दै तोकिए बमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन तथा व्यवस्थापन गर्ने उद्धेश्यले प्रदेश तहको स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भए बमोजिम स्वास्थ्य निर्देशनालय मातहातको कार्यालयको रुपमा गण्डकी प्रदेशका सबै जिल्लामा स्थापना भएका स्वास्थ्य कार्यालयहरु मध्येको एक स्वास्थ्य कार्यालय स्याङ्जा हो ।यस जिल्लामा ५ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । गण्डकी प्रदेशमा आधुनिक चिकित्सा,आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत प्रवर्धनात्मक,प्रतिकारात्मक,उपचारात्मक,पुर्नस्थापनात्मक सेवाका साथै स्वस्थ जीवनशैली परिवर्तनका लागि स्वास्थ्य सेवा प्रवाह हुँदै आइरहेको छ ।स्वास्थ्य सेवालाई नियमित रुपमा प्रवाह गर्नका लागि प्रदेश सरकार मातहातमा जिल्लामा स्वास्थ्य कार्यालय,जिल्लास्तरीय अस्पताल र आयुर्वेद स्वास्थ्य औषधालय/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन ।त्यस्तै स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय स्तर मातहातमा आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य सेवा केन्द्र,गाउँघर क्लिनिक र खोप क्लिनिकहरु सञ्चालनमा रहेका छन ।स्वास्थ्य कार्यालय विशेषत:स्वास्थ्य निर्देशनालय मातहात कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय,सहजीकरण,सहयोग एंव तोकिए बमोजिम प्रदेशको निर्देशानुसार कार्यसम्पादन गर्ने निकायको रुपमा रहेको छ ।

Download: हाम्रो बारेमा