गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय स्याङ्जा

पुतलीबजार नगरपालिका -०१, स्याङ्जा

हाम्रा कार्यहरु


कार्यलयको काम,कर्तव्य र अधिकार :

यस कार्यालयका महत्वपूर्ण कार्यहरु साथै कर्तव्य र अधिकारलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ :

  • जिल्ला स्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक,प्रतिकारात्मक,उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्था,विपद् र माहामारी व्यवस्थापन,आकस्मिक स्वास्थ्य सेवा प्रवाह,आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामाग्रीको बफरस्टक व्यवस्थापन गर्ने ।
  • प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहात कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसंग समन्वय,सहजीकरण,सहयोग एंव तोकीए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यान्वयन गर्ने ।
  • कार्यक्षेत्र भित्रका जिल्लाहरु तथा स्थानीय स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने खोप,अत्यावश्यक तथा गुणस्तर एंव संवेदनशील ‍औषधी तथा स्वास्थ्य सामाग्रीहरु भण्डारण तथा वितरण योजना गर्ने ।
  • जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपदमहामारी व्यवस्थापन,सहजीकरण र समन्वयन गर्ने
  • जनस्वास्थ्य अभियान संचालन तथा सहयोग,समन्वय र सहजीकरण गर्ने ।
  • स्थानीय सरकार र स्वास्थ्य निकायहरु बिच समन्वय गर्ने ।
  • एकीकृत स्वास्थ्य सुचना विश्लेषण र अध्ययन गरी सो अनुसार योजना बनाउने एंव स्थानीय तहमा सहजीकरण तथा पृष्ठपोषण गर्ने ।
  • स्वास्थ्य सेवाको पहुँच,उपयोग वृद्धि गर्न आवश्यक योजना बनाउने,समन्वय तथा सहजीकरण गर्ने ।
  • सरकारी,निजि,सहकारी द्धारा संचालित स्वास्थ्य संस्थाहरु,कर्मचारीहरुको सुपरिवेक्षण,अनुगमन,नियमन तथा गुणस्तर सम्बन्धी कार्य गर्ने ।
  • संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने ।
  • प्रादेशिक विशेष स्वास्थ्य एंव नियमित कार्यक्रमहरु क्षयरोग तथा कुष्ठरोग नियन्त्रण,परिवार नियोजन,मातृशिशु स्वास्थ्य,सामाजिक सुरक्षा,बिमा,विशेषज्ञ स्वास्थ्य शिविर लगाएत पोषण,दादुरा खोप लगाएत अन्य विशेष कार्यक्रमहरुको संचालन,समन्वय र सहजीकरण गर्ने
  • वातावरणीय स्वास्थ्य,खानेपानी,सरसफाई तथा पेशागत स्वास्थ्य प्रवर्धन एंव व्यवस्थापन कार्य गर्ने ।
  • जनसंख्या व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • प्रदेश सरकारबाट तोकियको कार्यहरु गर्ने ।
  • बहुक्षेत्रीय पोषण समन्वय सहजीकण सम्बन्धी कार्य गर्ने ।
  • सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम ।
  • आन्तरिक आर्थिक र प्रशासनिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • जनस्वास्थ्य सम्बन्धी जिल्ला भित्रका कार्यक्रम संचालनको लागि प्रदेश तथा निर्देशनालयहरुमा समन्वय गर्ने ।
  • निजि स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमनकारी भूमिका निर्वाह गर्ने ।

Download: हाम्रा कार्यहरु